डेंगू प्रकोप रोकथामको निम्ति डा. सुशान्त रायले स्वास्थ्य विभागीय अधिकारीहरूसित गरे बैठक

सिलगढी (निसं) : सिलगढीमा लगातार डेंगूको प्रकोप बढ्दै गइरहेकोले आज उत्तरकन्यामा उत्तर बंगालको स्वास्थ्य मामिलाको निम्ति नियुक्त अफिसर अन स्पेशल ड्यूटी (ओएसडी) डा. सुशान्त कुमार रायले डेंगू नियन्त्रणको लागि जिल्ला स्वास्थ्य विभागका अधिकारीहरूसित एउटा बैठक गरे। यस अवधि दार्जिलिङ जिल्लाका मुख्य स्वास्थ्य अधिकारी तुलसी प्रमाणिक लगायत अन्य अधिकारीहरू उपस्थित थिए। बैठक पछि डा.सुशान्त रायले भने, डेंगूलाई लिएर सेवाहरूको केही कमी रहेको छ। मानिसहरूमा अझसम्म पनि जागरूकताको अभाव छ। यसैले गर्दा पनि डेंगूको रोकथाम हुन सकेको छैन्। तथापि, गत महिनाको तुलनामा यस महिना संक्रमित मानिसहरूको संख्यामा कमी आएको छ। तिनले सबैसित डेंगूबाट बाँच्न सावधानी अप्नाउने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *