डेङ्गु रोकथाम गर्न सिलगढी नगरनिगम विफल रहेको आरोप लगाउँदै भाजपा-द्वारा धरना प्रदर्शन

सिलगढी : सिलगढी नगरनिगम डेङ्गु रोकथाम गर्न विफल भएको आरोप लगाउँदै भाजपा-ले विरोध प्रदर्शन गर्यो। भाजपा कार्यकर्ता तथा समर्थकहरूले आज सिलगढी नगरनिगमको 4 नम्बर बोरो अफिस अघि धरना प्रदर्शन गर्यो। डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जीले उक्त धरना विरोध प्रदर्शनको नेतृत्व गरेकी थिइन्। भाजपा कार्यकर्ताहरूले हातमा फेस्टुन बोकेर डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगम विफल भएकोबारे विविध आरोप लगाए। डेङ्गुबारे बोरो अधिकारीसित कुराकानी गर्ने प्रयास गर्दा भाजपा कार्यकर्ताहरूलाई पुलिसले रोक्दा पुलिस र कार्यकर्ताहरूबीच विवाद शुरू भयो। यसपछि विधायक शिक्षा च्याटर्जी र भाजपा कार्यकर्ताहरू सड़कमा बसेर विरोध प्रदर्शन गरे। यस सन्बन्धमा विधायक शिखा च्याटर्जीले भने, नगरनिगम इलाकामा डेङ्गुको मामिला बढ्दै गइरहे तापनि सिलगढी नगरनिगम यसको रोकथाम गर्न पूर्ण रूपमा विफल रहेको छ। कुनै परिसेवा छैन। वर्तमान बोर्ड इनभ्यालिड बोर्ड हो। सबैले राजीनामा दिनु उचित हो। कोरोनाको कालमा संक्रमितहरूको संख्या लुकाएको जस्तै हाल डेङ्गु संक्रमितहरूको संख्या पनि लुकाइरहेको तिनले आरोप लगाइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *