डेङ्गु रोकथाम गर्न सिलगढी नगरनिगम असफल भएको आरोप लगाउँदै एसयुसीआई-द्वारा विक्षोभ प्रदर्शन

सिलगढी: डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगम तथा राज्य सरकार असफल भएको आरोप लगाउँदै एसयुसीआई दार्जिलिङ जिल्ला कमिटीले आज नगरनिगम अघि विक्षोभ प्रदर्शन गर्यो। हाल सिलगढी सहरमा डेङ्गुको प्रकोप दिन प्रतिदिन बढ्दै गइरहेको छ। यस्तो स्थितिमा स्वच्छता तथा फोहोर मैलाको सफाईलाई लिएर नगरनिगमको भूमिकामाथि प्रदर्शनकारीहरूले प्रश्न चिन्ह खडा गरेका छन्। एसयुसीआई दार्जिलिङ जिल्ला कमिटीका सदस्यहरूले विक्षोभ प्रदर्शन गर्नको साथै विविध मागलाई लिएर सिलगढी नगरनिगम कर्तृपक्षलाई एउटा ज्ञापन पत्र पनि चढायो। यस विषयमा एसयुसीआई दार्जिलिङ जिल्ला कमिटीका सदस्य तन्मय दत्तले भने, सहरमा डेङ्गुले संक्रमित भएर एकपछि अर्को गर्दै मानिसहरूको मृत्यु भइरहे तापनि सिलगढी नगरनिगमले यसतर्फ ध्यान नदिएर उत्सवको तयारीमा व्यस्त रहेको छ। सिलगढीको 5 र 22 नम्बर वार्डको घर-घरमा मानिसहरू ज्वरोले ग्रसित छन्। यस्तो स्थितिमा अस्वस्थ्य मानिसहरूको चाँडै रगत परीक्षण र निःशुल्क उपचार गरियोस् भन्ने आफूहरूको माग रहेको साथै डेङ्गुको मच्छरलाई मार्नको लागि नगरनिगमले आवश्यक सबै प्रकारको व्यवस्था ग्रहण गरोस्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *