डेङ्गु संक्रमित भएर सिलगढीका नान्टु पालको निधन

सिलगढी किडनीको रोगले ग्रसित सिलगढीको 23 नम्बर वार्ड निवासी नान्टु पाल डेङ्गुले संक्रमित भएपछि सिलगढी हाकिमपाडाको एउटा नर्सिङ होममा भर्ना गरिएको थियो। केही दिनदेखि तिनलाई ज्वरो आइरहेकोले परिवारका सदस्यहरूले तिनलाई एउटा नर्सिङ होममा भर्ना गरेको थियो भने आज बिहान तिनको मृत्यु भएको छ। प्राप्त जानकारी नान्टु पाल एउटा गैर सरकारी संस्थामा काम गर्ने गर्दथे। तिनले आफूपछि स्वास्नी र 13 वर्षको छोरालाई छाडिगएका छन्। मृतकका काका प्रणब पालले बताएअनुसार नान्टु पाल केही दिनदेखि ज्वरोले ग्रसित भएपछि तिनको रगतको जाँच गर्दा डेङ्गु पुष्टि भएन। यसपछि हिजो नर्सिङहोमको तर्फबाट फेरि तिनको रगत जाँच गर्दा डेङ्गु संक्रमित भएको पुष्टि भयो। तिनी किडनी रोगले पनि ग्रसित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *