डेंगू संक्रमणलाई रोक्न नगर निगमका मेयर गौतम देवले गरे बैठक

सिलगढी (निसं): सिलगढीमा डेंगू रोकथामको लागि नगर निगमका मेयर गौतम देवले आज सिलगढी महकुमाशासक लगायत जिल्ला स्वास्थ्य अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठक पछि मेयर गौतम देवले भने, डेंगूलाई रोकथाम गर्नको एक्सन प्लान अप्नाइरहेको छौ। चाँडै योजना तयार गरेर त्यही अनुरूप कार्य गरिने छ। केही दिनमैं दुर्गा दुर्गा पुजा रहेकोले यसलाई ध्यानमा राखेर अब नगर निगमले डेंगू संक्रमणलाई रोक्न युद्धस्तरमा काम गर्ने छ। मेयर आउँदो सोमवारदेखि आफै सडकमा ओर्लिएर सबै व्यवस्थाहरूको निरीक्षण गर्ने मेयर गौतम देवले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *