डेङ्गुको रोकथाम गर्न नगरनिगम विफल रहेको आरोप लगाउँदै माकपा-को नगरनिगम अभियान

सिलगढी : सिलगढी नगरनिगम डेङ्गु रोकथाम गर्नमा असफल भएको आरोप लगाउँदै दार्जिलिङ जिल्ला माकपा सड़कमा ओर्लिएको छ। आज माकपा-को दार्जिलिङ जिल्ला कमिटीको पहलमा एउटा र्‍यालीको माध्यमद्वारा नगरनिगम अभियान चलायो। उक्त र्‍यालीको नेतृत्व वामपन्थी नेता अशोक भट्टाचार्य र जिल्ला सचिव समन पाठकले गरेका थिए। यस अवधि माकपा-ले डेङ्गुको रोकथाम गर्नमा सिलगढी नगरनिगमका मेयर विफल रहेको आरोप लगाए। सीपीआईएम नेता अशोक भट्टाचार्यले करुणामयीको घटनाको विरोध जनाए। सीपीएम-को नगरनिगम अभियान अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। माकपा-को र्‍याली सिलगढी नगरनिगम अघि पुग्नसाथ पुलिसले र्‍यालीलाई रोकिदिएपछि अशोक भट्टाचार्य, समन पाठक र अन्य वामपन्थी नेताहरू सड़कमा बसेर विरोध गरे। वामपन्थी नेता अशोक भट्टाचार्यले भने, मेयरले डेङ्गु संक्रमित भएर मर्नेहरूको जिम्मेवारी लिनुपर्छ। मेयर डेङ्गुको रोकथाम गर्न विफल भएकोले चाँडोभन्दा चाँडो तिनले राजीनामा दिनुपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *