डेङ्गुको रोकथाम गर्न नगरनिगम तत्पर, मैला उठाउने अझ 4 वटा वाहनको मेयरद्वारा उद्घाटन 

सिलगढी : डेङ्गुको रोकथाम गर्ने उद्देश्य लिएर सिलगढी नगरनिगमले सहरमा अझ 4 वटा फोहोर-मैला उठाउने भ्यान शुरू गरेको छ। सिलगढी नगरनिगमका मेयर गौतम देवले आज हरियो झण्डा देखाएर उक्त भ्यानहरूको उद्घाटन गरे। गत वर्ष झैँ यस वर्ष पनि डेङ्गुले भयावह रूप धारण नगरोस् भन्ने उद्देश्यले सिलगढी नगरनिगमले अगावै तयारी गरिसकेको छ। सिलगढीको विभिन्न इलाकाहरूमा फगिङ, ब्लिचिङ छर्किनको साथै घर-घरमा गएर सर्वे गर्ने कार्य शुरू गरेको छ। मैला सफा गर्नको लागि नगर कर्मचारीहरू नियुक्त गरिएको छ। यसपल्ट फोहोर मैला सफा गर्नको लागि अझ 4 वटा वाहन सहरमा उतारेको छ भने मेयर गौतम देवले आज हरियो झण्डा देखाएर उक्त वाहनको उद्घाटन गरे। यस अवसरमा गारबेज रिमोबल डिपार्टमेन्टका मेयर परिषद् मानिक दे लगायत नगरनिगमका अन्य अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *