डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगम व्यर्थ रहेको आरोप लगाउँदै भाजपा-द्वारा विरोध प्रदर्शन

सिलगढी : डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगम व्यर्थ रहेको आरोप लगाउँदै भाजपा नेतृत्वहरूले नगरनिगम गेट अघि विक्षोभ प्रदर्शन गरे। सिलगढी सहरमा डेङ्गु संक्रमितहरूको संख्या निक्कै बढेर गएको छ भने डेङ्गुले गर्दा धेरैजनाको मृत्यु समेत भइसकेको छ। यस्तो परिस्थितिमा सिलगढी नगरनिगमले कुनै कदम उठाएको छैन भन्ने आरोप लगाउँदै भाजपाका नेता तथा कार्यकर्ताहरूले आज नगरनिगमको गेट अघि बसेर धेरै समयसम्म विक्षोभ प्रदर्शन गर्नको साथै मेयर गौतम देवले पदत्याग गर्नुपर्ने माग पनि गरे। यस अवसरमा सिलगढीका विधायक शङ्कर घोष, जिल्ला सभापति आनन्दमय बर्मन लगायत अन्य नेतृत्वहरू उपस्थित थिए। भाजपा विधायक शङ्कर घोषले भने, हाल सिलगढीमा डेङ्गुको प्रकोप निक्कै बढ्दै गइरहेकोले सहरवासी चिन्तित छन्। यस्तो स्थितिमा सिलगढी नगरनिगमले डेङ्गुको रोकथामको लागि उचित कदम उठाएको छैन। यसैगरी, जिल्ला सभापति तथा विधायक आनन्दमय बर्मनले पनि डेङ्गुलाई लिएर सिलगढी नगरनिगमको भूमिकाबारे क्षोभ प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *