डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगम व्यर्थ रहेको आरोप लगाउँदै भाजपा-द्वारा विरोध प्रदर्शन

सिलगढी : सिलगढी सहरमा डेङ्गु संक्रमितहरूको संख्या बढ्दै गइरहे तापनि सिलगढी नगरनिगम यसको रोकथाम गर्न व्यर्थ रहेको आरोप लगाउँदै आज दार्जिलिङ जिल्ला भाजपा 3 नम्बर मण्डल कमिटीले नगरनिगमको 2 नम्बर बोरो अफिस अघि धरना प्रदर्शन गर्यो। भाजपा 3 नम्बर मण्डल कमिटीका सदस्यहरूले आज बोरो अफिस अघि धेरै समयसम्म सडकमा बसेर विक्षोभ प्रदर्शन गरे। यस अवसरमा 9 नम्बर वार्ड भाजपा काउन्सिलर अमित जैन लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। भाजपा काउन्सिलर अमित जैनले बताएअनुसार डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगम पूर्ण रूपमा व्यर्थ रहेको छ। नगरनिगमका मेयर केवल वार्डहरूको निरीक्षण मात्र गरिरहेको छ। चाँडै डेङ्गुको रोकथामको लागि नगरनिगमले कुनै पदक्षेप ग्रहण नगरेको खण्डमा आफूहरूद्वारा लगातार आन्दोलन गरिरहने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.