डेङ्गुलाई लिएर स्वास्थ्य विभागले कुनै पहल नगरेको आरोप लगाउँदै दार्जिलिङ जिल्ला युवा कङ्ग्रेस-द्वारा प्रदर्शन

सिलगढी : सिलगढी सहरमा डेङ्गु संक्रमितहरूको संख्या निक्कै बढ्दै गइरहेकोले सहरवासी चिन्तित छन्। डेङ्गुलाई लिएर जिल्ला स्वास्थ्य विभागले कुनै पहल नगरेको आरोप लगाउँदै दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसले आज जिल्ला स्वास्थ्य विभाग अघि विरोध प्रदर्शन गर्यो। यसको साथै दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसका सदस्यहरूले सिलगढीको जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढायो। तिनीहरूको आरोप अनुसार डेङ्गुले पीड़ित मानिसहरूको संख्याको सही जानकारी साधारण मानिसहरूलाई गराइएको छैन। सिलगढीको नर्सिङ होमहरूले मानिसहरूबाट मनमानी बील लिइरहेको छ। विविध आरोप लगाउँदै दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसका सदस्यहरूले सिलगढी महकुमा परिषद भवन अघि विरोध प्रदर्शन गरेपछि जिल्ला स्वास्थ्य कार्यालयमा ज्ञापन चढाउन जाँदा पुलिसले तिनीहरूलाई रोक्दा पुलिससित युवा कङ्ग्रेसका सदस्यहरूको भनाभैरी भयो। यसपछि परिस्थिति सामान्य बनेपछि तिनीहरूले स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन पत्र चढाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *