डेङ्गु रोकथाम गर्न नगरनिगमले जारी गऱ्यो भीडियो क्लिप

सिलगढी : डेङ्गुको रोकथामको लागि सिलगढी नगरनिगमले अनौठो पहल शुरू गरेको छ। डेङ्गुप्रति मानिसहरूलाई जागरूक गर्ने उद्देश्य लिएर 1 मिनट 12 सेकेन्डको भीडियो क्लिप जारी गरेको छ। उक्त भीडियो क्लिपको माध्यमद्वारा सहरवासीलाई डेङ्गुबारे जागरूक गराउने स्वास्थ्य विभागका मेयर परिषद् शङ्कर घोषले बताए। गत केही महिनाअघि सहरमा डेङ्गुको प्रकोप निक्कै बढेको साथै यसको चपेटमा परेर केही मानिसहरूको मृत्यु भएको थियो। यसैले नगरनिगमले डेङ्गुबारे साधारण मानिसहरूलाई सचेत गराउने उद्देश्य लिएर शिशुहरूको माध्यमद्वारा एउटा भीडियो बनाएको साथै यसमार्फत् सहरवासीहरूलाई जागरूक गराउने बताइएको छ। सिलगढी नगरनिगममा कर्मी समस्यालगायत अन्य केही समस्याहरू रहेको तिनले बताए। यसैले गर्दा तिनीहरूले सटीक रूपमा डेङ्गुको रोकथाम गर्न सकिरहेका छैनन्। यसबारे राज्य सरकारलाई जानकारी गराइसकेको साथै राज्य सरकारले यसबारे ध्यान दिए डेङ्गुलाई पूर्ण रूपमा रोकथाम गर्न सकिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *