डेन्टल सर्जनको नियुक्तिको मागमा विद्यार्थीहरूद्वारा उत्तरबंग मेडिकल कलेजमा विरोध प्रदर्शन

सिलगढी : डेन्टल सर्जनको नियुक्ति गरिनुपर्ने माग गर्दै आज उत्तरबंग मेडिकल डेन्टल कलेजका विद्यार्थीहरूले विक्षोभ प्रदर्शन गरे। प्रदर्शनकाहरूको आरोप अनुसार गत 5 वर्षदेखि सरकारी अस्पताल तथा मेडिकल कलेजमा डेन्टल सर्जनले नोकरी पाएका छैनन् जसले गर्दा हाल डेन्टल कलेजमा अध्ययनरत विद्यार्थीहरूको भविष्य अन्धकार रहेको छ। यसैले सरकारी अस्पतालमा पारदर्शिताको साथमा चाँडै डेन्टल सर्जन नियुक्त गरिनुपर्ने माग गर्दै आज तिनीहरूले विक्षोभ प्रदर्शन गरेको बताइएको छ। चाँडै तिनीहरूको माग पुरा नगरेको खण्डमा आगामी दिनमा वृहत आन्दोलन गर्ने विद्यार्थीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *