डेढ़ महीनामै सड़कको बेहाल अवस्था, दुर्घटनाको आशंकाले गाउँलेहरू चिन्तित

राजगञ्ज : उद्घाटनको डेढ़ महीनामै सड़कको बेहाल अवस्था भएपछि इलाकावासीहरूले सड़क निमार्ण कार्यमाथि प्रश्न चिन्ह खडा गरेका छन्। सिलगढी जलपाईगढी विकास प्राधिकरण (एसजेडीए)-ले  लगभग 2 करोड़को लागतमा राजगञ्जमा पानीकौरीदेखि राजगञ्ज बजारसम्म पक्का सड़कको निर्माण गरेको थियो। गत जुुन महिनामा उक्त सड़कको उद्घाटन गरेको थियो भने हाल उक्त सड़क ठाउँठाउँमा भत्किन थालेकोले कुनै पनि समय यहाँ ठुलो दुर्घटना हुनसक्ने सम्भावना रहेको छ। स्थानीय मानिसहरूले यसबारे ब्लक प्रशासनलाई जानकारी गराइसकेको छ। दुर्घटनाबाट जोगिने उद्देश्य लिएर राजगञ्ज पुलिसको तर्फबाट ब्यारिकेड समेत लगाइएको छ। केही दिनदेखि लगातार परिरहेको पानीको कारण सडकको केही ठाउँ धस्किएको राजगञ्जका विधायक खगेश्वर रायले बताए। यसको साथै एसजेडीए चेयरम्यानलाई यसबारे अवगत गराउने साथै वर्षाको मौसमपछि सड़कको मरमति गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *