देशबन्धु हिन्दी हाई स्कुलको स्वर्ण जयन्ती पालन

सिलगढी : सिलगढी देशबन्धु हिन्दी हाई स्कुलको स्वर्ण जयन्तीमा आज विविध कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको आरम्भमा चितरञ्जन दासको तस्वीरमा माल्यार्पण गरेर दीप प्रज्ज्वलन गरेपछि विद्यार्थीहरूले स्वागत गीत प्रस्तुत गरे। कार्यक्रममा  स्कुलका संस्थापक एवम्  भूतपूर्व शिक्षकहरूलाई सम्मान जनाइयो। स्कुलको तर्फबाट अविरल नामक पत्रिकाको विमोचन गर्नको साथै विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो। यस अवसरमा तीन नम्बर वार्ड पार्षद तथा सिलगढी नगरनिगमका डेपुटी मेयर राम भजन महतोकार्यकारी कमिटीका अध्यक्ष मनोहर सिंह, स्कुलका प्रधान शिक्षक जय किशोर पाण्डे, स्कुलका शिक्षकहरू लगायत अन्य अतिथिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *