देशभरिमै सबै ब्याङ्कहरू आजदेखि 48 घण्टा बन्द

सिलगढी : राष्ट्रकृत ब्याङ्कहरूलाई गैर सरकारी बनाउने योजनाको विरोध जनाउँदै सरकारी र गैर सरकारी ब्याङ्कका अधिकारी तथा कर्मचारीहरूले आजदेखि देशभरिमै 48 घण्टा बन्दको आहवान गरेको छ। 16 र 17 दिसम्बर दुई दिन सबै ब्याङ्क तथा एटीएम परिसेवा बन्द रहनेछ। आज बिहानदेखि सिलगढी सहर तथा महकुमा इलाकाको सरकारी तथा गैर सरकारी सबै ब्याङ्कहरूमा ताला झुन्डिएको देखियो भने ब्याङ्क बन्द रहेको देखेपछि सबै ग्राहकहरू आ-आफ्ना घर फर्किए। आज र भोलि शुक्रबार दुई दिने ब्याङ्क बन्द रहेपछि शनिबारदेखि फेरि ब्याङ्क परिसेवा स्वाभाविक रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *