देश भ्रमणमा निस्केका झारखण्डका अधिराज बरुआलाई खोरीबारीमा संवर्द्धना

खोरीबारी : झारखण्डका अधिराज बरुआलाई सानैदेखि देश भ्रमण गर्ने इच्छा रहेकोले यसै इच्छालाई पुरा गर्नको लागि तिनी साइकलमा स्वार भएर देश भ्रमणमा निस्केका छन्। तिनले गौतम बुद्धको वाणी, शान्ति, राष्ट्रिय एकता, पर्यावरण संरक्षण र बाल विवाह बन्द गर्ने सन्देश दिँदै देशको भ्रमण गरिरहेका छन्। अधिराज गत 1 अक्टोबर 2021 देखि देश भ्रमणमा निस्केका थिए भने तिनले देशको 24 वटा राज्यको भ्रमण गरेपछि आज पश्चिम बंगालको खोरीबारी आइपुगेका छन्। यस अवधि तिनलाई पानीटङ्याकी रूरल डेभलपमेन्ट तथा एजुकेशनल सोसाइटीको तर्फबाट संवर्द्धना जनाइयो। यसपछि तिनले आजनै यहाँबाट सिक्किमतर्फ प्रस्थान गरे। तिनी सिक्किम, असम, मेघालय लगायत उत्तर पूर्व भारत हुँदै आगामी 1 मार्चमा झारखण्ड फर्किनेछन्। यस विषयमा अधिराज बरुआले भने, मैले आफ्नो बाबुबाट देश भ्रमणबारे सुनेको थिए। देशको सुन्दरता बारे सुनेपछि म साइकलमा सवार भएर देश भ्रमणमा निस्केको हुँ। भविष्यमा देश बाहिर जाने तिनले इच्छा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *