देश भ्रमणमा निस्किएकी ज्योति रोगला कुचबिहारबाट सिक्किम प्रस्थान

कुचबिहार : भारतमा  महिला सुरक्षित छन् भन्ने सन्देश लिएर आन्ध्र प्रदेशको गोदावरी जिल्लाका युवती ज्योति रोगला हाल देशव्यापी भ्रमणमा साईकल लिएर निस्केकी छन्। तिनी विश्वलाई नै भारतमा महिलाहरूको लागि कुनै डर अथवा खतरा नरहेर सुरक्षित छन् भन्ने कुरा देखाउन चाहन्छिन्। लगभग 33 हजार किलोमीटर साईकलमा भ्रमण गरेपछि बुधवार साँझ तिनी कुचबिहार आइपुगेकी थिइन्। यसपछि यहाँ एक रात बिताएपछि तिनी आज बिहान सोझै सिक्किमको लागि प्रस्थान गरिन्। यसभन्दा अघि कुचबिहार जिल्ला पुलिसको तर्फबाट डीएसपी ट्राफिक चन्दन दासले ज्योति रोगलालाई यात्राको लागि अग्रिम शुभकामना दिए। प्राप्त जानकारी अनुसार, ज्योति रोगला 2017-मा आफ्नो घरबाट साईकल लिएर देश भ्रमणमा निस्किएकी थिइन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *