देशी-विदेशी रम-रक्सी सहित एकजना पक्राउ

राजगञ्ज : आमबारी आउटपोस्ट पुलिसले देशी-विदेशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति राजगञ्जको साहुडाङ्गी इलाका निवासी रतन सरकार (54)-को रूपमा सामेल छन्।


पुलिस सूत्रले दिएको जानकारी अनुसार गत केही दिन अघिदेखि उक्त व्यक्तिले साहुडाङ्गी इलाकाको एउटा दोकानमा अवैध रूपमा रम-रक्सी बेचिरहेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले गत राति अभियान चलाएर देशी-विदेशी रम-रक्सी सहित उक्त व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *