देशी-विदेशी रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले देशी-विदेशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले सादा पोसाकमा फुलबारी 1 नम्बर अञ्चलको हरिपु र ग्वाला बस्तीको एउटा घरमा अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सी उद्धार गर्नको साथै दशरथ साहा नाम गरेको व्यक्तिलाई पनि पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *