देशी पिस्तोलसहित दुई पक्राउ

सिलगढी : एसएसबी 41 औँ बटालियनले मंगलबाअपरान्ह घोषपुकुरबाट पाँवटा देशी पिस्तोलसहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू फाँसीदेवा निवासी क्रमैले 28 वर्षीय मोहम्मद मुन्ना अजीज र 30 वर्षीय मोहम्मद  मातिबुलको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका दुई युवकलाई फाँसीदेवा पुलिसलाई सुम्पिदिएको छ। 41 औँ बटालियनले दिएको जानकारीअनुसार न्स्पेक्टर राकेश कुमारको नेतृत्वमा घोषपुकुरमा अभियान चलादुईजना युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुई युवकबाट 5 वटा देशी पिस्तोल, एउटा बाइकलगायत दुईवटा मोबाइल उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *