देशमा कोरोना संक्रमितहरू 2.46  लाखभन्दा अधिक, 6,929 –को मृत्यु

देशमा कोरोना संक्रमितहरूको संख्या हालसम्म 2 लाख 46 हजार भन्दा अधिक पुगिसकेको छ। गत 24 घण्टाको अवधिमा 9 हजार 9 सय 71 कोरोनाको  नयाँ मामिला देखापरेको छ भने 287 जनाको मृत्यु भइसकेको छ। आज केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आँकड़ाअनुसार देशभरिमा कोरोना भाइरसको मामिला बढ़ेर 2 लाख 46 हजार 628 जना पुगिसकेको छ भने यसले गर्दा मर्नेहरूको संख्या 6 हजार 929 पुगिसकेको छ। यसैगरी, मोठ 1 लाख 20 हजार 406 मामिला सक्रिय छ भने 1 लाख 19 हजार 293 जना कोरोना संक्रमित रोगीहरू स्वस्थ्य भएर अस्पतालबाट घर फर्किआइसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *