देशमा गत 24 घण्टा अवधि कोरोना सङ्क्रमित मामिला कम, निको हुनेहरूको सङ्ख्या अधिक

नयाँ दिल्ली : देशमा कोरोना सङ्क्रमणको दोस्रो लहरको गति विस्तारै कम हुँदै गइरहेको छ। गत केही दिन यता कोरोना सङ्क्रमणको नयाँ मामिलाभन्दा निको हुनेहरूको सङ्ख्या धेरै ज्यादा रहेकोले देशमा कोरोनाको सक्रिय मामिला पनि घट्दै गइरहेको देखिन्छ। केन्द्रीय स्वास्थ्य मन्त्रालय अनुसार गत 24 घण्टामा कोरोना सङ्क्रमणको 1 लाख 86 हजार 364 नयाँ मामिला पुष्टि भएको छ भने 2 लाख 59 हजार 459 जना कोरोना सङ्क्रमितहरू निको भएर छुट्टी भएका छन्। अर्कोतिर, पछिल्लो 24 घण्टामा 3 हजार 660 जना कोरोना सङ्क्रमितको मृत्यु भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *