देशमा लागू भयो नागरिकता संशोधन कानुन

नयाँ दिल्ली : देशभरिकै विभिन्न ठाउँहरूमा विरोध भइरहेको बीच नागरिकता संशोधन कानुन (सीएए) शुक्रबारदेखि लागू भएको छ। केन्द्र सरकारले यसको ग्याजेट नोटिफिकेसन जारी गरिदिएको छ। स्मरण रहोस्, यस कानुनको विरोधमा हाल देशभरिमै धरना प्रदर्शन जारी देखिन्छ। यस कानुनअनुसार तीनवटा छिमेकी देश पाकिस्तान, बङ्गलादेश अनि अफगानिस्तानबाट भारतमा आएको धार्मिक समूहहरू हिन्दू, सिख, बौद्ध, पारसी, जैन र ईसाईहरूले भारतको नागरिकता प्राप्त गर्नसक्ने प्रावधान रहेको छ। तथापि, मुसलमानहरूलाई यस विधेयकको दायरादेखि बाहिर राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *