देशी-विदेशी रम-रक्सी सहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले दुई भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर देशी-विदेशी रम-रक्सी सहित दुईजनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।  पक्रा पर्नेहरूमा श्याम सुन्दर कामती र कृष्ण मोहन राय सामेल छन्।


होटलको नाममा खुल्लै रूपमा रम-रक्सीको व्यवसाय चलाइरहेको गोप्य सुइँको पाएपछि एनजेपी पुलिसले दुई भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर एनजेपी स्टेशन संलग्न बजारबाट श्याम सुन्दर कामती र मदनी बजारबाट कृष्ण मोहन रायलाई पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले देशी-विदेशी रम-रक्सी पनि उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *