देशी-विदेशी रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी: भक्ति नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा बीएसएफ रोड पाइपलाइन इलाकामा अभियान चलाएर एउटा दोकानबाट धेरै मात्रामा देशी- विदेशी रम-रक्सी पक्राउ गरेको छ। उक्त घटनामा पुलिसले दोकाने कविन छेत्री (31) लाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार एउटा फास्ट फूडको दोकानमा अवैध तरिकाले रम-रक्सी बिक्री गरेको खबर पापछि अभियान चलाउँदा दोकानबाट पुलिसले धेरै मात्रामा देशी-विदेशी रम-रक्सी उद्दार गरेको छ। पक्रा परेका आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *