देसी पिस्तोल उद्धार घटनामा अझ एकजना आरोपी पक्राउ

खोरीबारी, 19 दिसम्बरः भारत-नेपाल सीमा इलाका पानीट्याङ्की क्षेत्रबाट देशी पिस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको घटनामा पुलिसले अर्को एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ।
गत 4 दिसम्बरमा खोरीबारीको पानीट्याङ्कीमा मोहम्मद मिराजलाई देशी पिस्तोल सहित पक्राउ गरेपछि घटनाको जाँचमा जुटेको पुलिसले गत राति स्वपन बर्मनलाई पक्राउ गरेको छ। पक्रा परेका व्याक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।
देसी पिस्तोल कसरी प्राप्त भयो ? यो पिस्तोल कहाँबाट आएको हो? यसको जाँचमा खोरीबारी पुलिस जुटेको छ। एसएसबी-को विशेष अभियानको समय मिराज पक्रा परेपछि पुलिसले स्वपनको नाम अघि आएपछि तिनलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *