देवी चौधुरानी तथा भवानी पाठकको नव निर्मित मन्दिरहरू आजदेखि भक्तजनको लागि खुल्ला

राजगञ्ज: मुख्यमन्त्री ममता ब्यानर्जीले गत 27 मार्चको दिन सिलगढीको एउटा समारोहबाट उद्घाटन गरेको राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतमा रहेको देवी चौधुरानी तथा भवानी पाठकको नव निर्मित मन्दिरहरूमा पूजा-अर्चना गरेपछि आजदेखि भक्तजनहरूको लागि मन्दिरको प्रमुख द्वार खोलिदिए । स्मरण रहोस, 16 फरवरी 2018 को दिन राजगञ्जको शिकारपुर चिया बगानमा पारम्परिक देवी चौधुरानी मन्दिरमा आगो लागे पछि काठको शिवालयको आकारमा नै पहिलाको जस्तो शैलीमा फेरि बनाउने माग गरिएको थियो। इलाकाको  मानिसहरूको भावनालाई ध्यानमा राखेर देवी चौधुरानी अनि भवानी पाठकको मन्दिरहरूलाई पहिला कै शैलीमा बनाइएको छ। यसैले यसको मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जिलिङबाट नै उद्घाटन गरेपछि आज सबैको लागि मन्दिर खोलिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *