देवीडाङ्गास्थित काली मन्दिरमा चोरी गर्ने युवक पक्राउ

सिलगढी :  प्रधान नगर थाना पुलिसले मन्दिरमा चोरी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक समर नगर इलाका निवासी 24 वर्षीय गुड्डु महतोको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 16 मार्चको राति देवीडाङ्गास्थित एउटा काली मन्दिरमा चोरी भएपछि यसबारे प्रधान नगर थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति देवीडाङ्गामा  एकजना युवक सन्देहजनक स्थितिमा घुमफिर गरिरहेको खबर पाएपछि पुलिस देवीडाङ्गामा पुगेर उक्त युवकलाई पक्राउ गरेर थानामा ल्याए। यसपछि पुलिसले पक्रा परेका युवकसित सोधखोज गर्दा तिनी चोरी गर्ने उद्देश्यले देवीडाङ्गा इलाकामा घुमफिर गरिरहेका थिए भने गत 16 मार्चमा देवीडाङ्गास्थित काली मन्दिरमा पनि चोरी गरेको कुरा स्वाकीरे। पुलिसले आरोपी युवकबाट मन्दिरबाट चोरी गरेको सर-समानहरू पनि उद्धार गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *