देवीझोड़ाका प्रभात संघद्वारा सभासद नवराज छेत्रीलाई सम्मान

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत घैयाबारीको पगलाझोड़ा नजिक देवीझोड़ास्थित प्रभात संघले तीनधारे महानदी समष्टिको निर्वाचित सभासद नवराज छेत्रीलाई सम्मान जनायो। स्थानीय देवकुमार छेत्रीले सञ्चालन गरेको एउटा कार्यक्रममा सभासद नवराज छेत्रीलाई खदार्पणसहित संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा सभासद नवराज छेत्री, तीनधारे महानदी समष्टिको युवा शक्तिको सभापति केवल राई र विद्यार्थी संगठनको सचिव शुभम प्रधानले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा देवीझोड़ाका युवाहरूले प्लास्टिकमुक्त गाउँ बनाउन अभियान शुरु गरेका छन् भने विस्तारै ईको टुरिज्ममाथि पनि कार्य गर्ने भएकोले उक्त विषयलाई सभासद नवराज छेत्रीले पनि सहयोग गर्ने भएको छ। संवर्द्धना कार्यक्रमपछि सभासद नवराज छेत्रीले देवीझोड़ाका युवाहरूलाई सेप्टेम्बर महिनाको पहिलो सातामा नै सम्बन्धित विभागका अधिकारीहरू बोलाएर आफ्नै खर्चमा सचेतना कार्यक्रम गरिदिने आश्वासन दिएको देवकुमार छेत्रीले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *