देविका मंग्राती राईको कविता संग्रह ‘फागुन तिमी फर्किआउनू’-को विधिवत् लोकार्प

खरसाङ: विश्व नेपाली साहित्य महासंघ, भारत शाखा अनि शिव कुमार राई प्रतिष्ठान, खरसाङको संयुक्त आयोजनामा कवि देविका मंग्राती राईको कविता संग्रह फागुन तिमी फर्किआउनू-को विधिवत् लोकार्पण आज खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा निमा लामाको अध्यक्षतामा अनि टीबी चन्द्र सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न गरियो। सुमित्रा थामी अविरलद्वारा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मणिपुरका युवा कवि राहुल राई बोगिको लगायत दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक, सिलगढ़ी, डुवर्स, नेपाल लगायत विभिन्न क्षेत्रबाट वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित प्रमुख एवम् विशिष्ट अतिथिहरूको बाहुलीबाट श्रष्टा देविका मंग्राती राईद्वारा लिखित कृति फागुन तिमी फर्किआउनू’-को विधिवत् रूपमा लोकार्पण गरियो। यसै अवसरमा विशिष्ट व्यक्तिहरूलाई सम्मान पनि जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राहुल राई बोगिकोले विश्व नेपाली साहित्य महासंघद्वारा प्रदान गरिने भाषा संग्रामी प्रथम आशा रानी राई सम्मान पुरस्कार प्रा. तेजमान बराइलीलाई अनि साहित्यकार कर्ण थामी स्मृति पुरस्कार साहित्यकार दल सिंह अकेलालाई आगामी वर्ष 2022 को मई महिनामा दार्जिलिङमा एउटा भव्य कार्यक्रम माझ प्रदान गरिने घोषणा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *