देव खम्बु राईलाई गोजमुमो पुल बिजनबारी समष्टिद्वारा श्रद्धाञ्जलि

बिजनबारी : गोजमुमो बिमल खेमाका एकजना कर्मठ सदस्य तथा लेखक अनि गीतकार स्वर्गीय देव खम्बु राई उर्फ गगन राई, जलढाका निवासीको निधनमा पुल बिजनबारी गोक समष्टिले सरकारी नियमलाई पालन गर्दै आज बिजनबारी जिम हलमा शोक समवेदना प्रकट गर्दै श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो। उक्त शोक सभामा प्रमुख रुपले समष्टि संयोजक विनय सुब्बा, समष्टि युवा मोर्चा संयोजक योगेन्द्र राई, युवा मोर्चा केन्द्रीय मिडिया सचिव यवन गुरुङलगायत मण्डल राई, सेरोन डेभिड राई, मन्जिल सुब्बा, तिलक लिम्बु, ऋषि हाङ्ग सुब्बा उपस्थित थिए भने उपस्थित सबैले दिवङ्गत देव खम्बु राईले दिएको योगदानको स्मरण गर्दै दीप जलाएर श्रद्धाञ्जली अर्पण गरे। तिनको निधनले पुल बिजनबारी गोक समष्टि मर्माहत बनेको अनि पार्टी तथा सम्पूर्ण जातिलाई ठुलो क्षति भएको समष्टि सभापति विनय सुब्बाले जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *