देवपाड़ा चियाकमानबाट मरेको हात्ती उद्धार

बानरहाट : बानरहाट थाना अन्तर्गत देवपाड़ा चियाकमानबाट एउटा मरेको हात्तीको शावक उद्धार गरेको छ। स्थानीय मानिसहरूले आज बिहान चियाकमानको सेक्सन नम्बर 78-मा उक्त हात्तीको शावकको शव देखेपछि वन विभागलाई खबर दिए। घटनाको खबर पाएर डायना वन विभाग, बिन्नागढी वन्य प्राणी शाखा एवम् वन्य प्राणी संरक्षण विभागकी वार्डन सीमा चौधरी घटनास्थलमा पुगिन्। तिनले बताएअनुसार हिजो राति हात्तीको एउटा झुण्ड जङ्गलबाट निस्केर देवपाड़ा चियाकमानमा प्रवेश गरेको थियो भने सम्भवतः जङ्गल फर्किने क्रममा उक्त हात्तीको शावक कमानको नालामा झरेर मरेको हुनसक्ने बताइन्। उक्त हात्तीको उमेर मात्र डेढ़ महीना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *