देवाल लेखनको माध्यमद्वारा अशोक भट्टाचार्यले शुरू गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनको निम्ति वाम-कङ्ग्रेस प्रार्थी अशोक भट्टाचार्यले आजदेखि देवाल लेखनको माध्यमद्वारा पनि आफ्नो विधानसभा चुनाउको प्रचार शुरू गरे। यस अवसरमा अशोक भट्टाचार्यले सिलगढी विधानसभा आसनको लागि आफूलाई प्रार्थी चयन गरेकोमा खुशी व्यक्त गर्दै आउँदो विधानसभा चुनाउमा भाजपा र तृणमूल कङ्ग्रेसलाई पराजित गरेर सिलगढीमा पुनः विजयी हुने कुरामा आफू आशावादी रहेको बताए। अशोक भट्टाचार्य छैटौँपल्ट सिलगढी विधानसभा आसनबाट वाम-कङ्ग्रेस प्रार्थीको रूपमा चुनाउमा खडा भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *