देवल लेखनलाई लिएर भाजपा-तृणमूलमाझ आरोप प्रत्यारोप

सिलगढी : डाबग्राम-फुलबारी विधानसभा केन्द्रको इस्टर्न बाइपासमा एउटा देवालमा चुनाउ प्रचारको लागि तृणमूलको चुनाउ चिन्ह अङ्कित गरिएको थियो भने उक्त चिन्ह मेट्टाउनको साथै देवाल दखल गरेको भाजपा विरुद्ध अभियोग उठेको छ। डाबग्राम 2 तृणमूल युवा सभापति बुलन कुमार साहाले लगाएको आरोप अनुसार उक्त क्षेत्रमा हिजो तृणमूल प्रार्थी गौतम देवको समर्थनमा चुनाउ प्रचार गर्नको लागि एउटा देवालमा पार्टीको चुनाउ चिन्ह अङ्कित गरिएको थियो भने आज बिहान भाजपाका केही कार्यकर्ताहरूले उक्त चिन्हमा सेतो रङ् लगाएर त्यसमाथि भाजपा लेखिदिएको छ। यसबारे आफूहरूले पुलिसलाई जानकारी गराइसकेको तिनले बताए। अर्कोतिर, भाजपाका कुनै नेता तथा कार्यकर्ताहरूले यस प्रकारको कार्य नगरेको डाबग्राम-फुलबारी आसनका प्रार्थी शिखा च्याटर्जीले दावी गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *