देवलमुनि दबिएर श्रमिकको मृत्यु

बालुरघाट : बालुरघाटको नेपालीपाडा इलाकामा देवलमुनि दबिएर एकजना श्रमिकको मृत्यु भएको छ। मृतक हिली थाना अन्तर्गत पर्ने तिवर कालीबाडी इलाका निवासी 39 वर्षीय निखिल पालको रूपमा चिन्हित भएको छ। प्राप्त जानकारीअनुसार आइतबार बिहान निखिल पालसहित तीनजना श्रमिक देवल भत्काउनको लागि आएका थिए। देवल भत्काइरहेको समय निखिल पाल देवलमुनि दबिएपछि तिनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। अर्कोतिर, घटनाको जानकारी पाएर बालुरघाट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि बालुरघाट अस्पताल पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *