देवर-भाउजुको झुन्डिएको अवस्थामा शव उद्धार

हेमताबाद : उत्तर दिनाजपुर जिल्लाको हेमताबाद ब्लकको शीतलपुर इलाकामा देवर-भाउजुको झुन्डिएको अवस्थामा शव उद्धार गरेको छ। मृतक गृहिणी मुनमुन माइती दास (29) र देवर विश्वजीत दास (25) सामेल छन्। स्थानीय मानिसहरूले दिएको जानकारीअनुसार आज बिहान शीतलपुर प्राथमिक विद्यालय संलग्न एउटा झोपडी नजिक एउटा रुखमा देवर-भाउजुको झुन्डिएको अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर हेमताबाद थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्थानीय मानिसहरूले बताएअनुसार उक्त मृतक महिलाको लोग्ने अन्य राज्यमा काम गर्ने गर्दछ। घरमा आफ्ना छोरा-छोरीसित तिनी बस्दै आइरहेकी थिइन्। मृतक देवर विश्वजीत राय पनि अन्य राज्यमा गएर काम गर्ने गर्दथे भने लकडाउनले गर्दा तिनी घर फर्किआएका थिए। देवर-भाउजुमाझ अवैध सम्बन्ध रहेकोले गर्दा नै तिनीहरूले आत्महत्या गरेको हुनसक्ने स्थानीयहरूको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *