दक्षिणेश्वर काली मन्दिरमा पुजा अर्चना गरे अमित शाहले

केन्द्रीय गृह मन्त्री अमित शाहको बंगाल भ्रमणको दोस्रो दिन आज दक्षिणेश्वर काली मन्दिरमा पुगेर पुजा अर्चना गरे। मन्दिरमा पुजा अर्चना गरेपछि तिनले पत्रकारहरूसित कुराकानी गर्दै दक्षिणेश्वर मन्दिरमा आफू धेरैपल्ट आइसकेको बताए। तिनले माता कालीसित सबैको मंगलमयको कामना गर्नको साथै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले अझ उन्नति र विकास गरेर लैजाओस् भन्दै प्रार्थना गरे। यसको साथै स्वामी विवेकानन्द, श्री अरविन्द जस्ता महान् व्यक्तिहरूले भक्ति मार्ग अप्नाएर आध्यात्मिक चेतना जगाएको भूमि हो बङ्गाल भनी तिनले बताए। आफूले सधैँ नै बङ्गालबाट ऊर्जा र आध्यात्मिक चेतना प्राप्त गर्ने गरेको दावी गर्दै बंगालले फेरि आध्यात्मिक चेतनाको भूमिको रूपमा गौरव हासिल गर्न सकोस् भन्ने तिनले इच्छा प्रकट गरे। दक्षिणेश्वर मन्दिरमा पुजा अर्चना गरेपछि केन्द्रीय गृह मन्त्री अमित शाह त्यहाँबाट सोझै टालीगञ्ज प्रस्थान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *