धजे क्वारेन्टर सेन्टरको निरीक्षण

सुकेपोखरी: धजे संयुक्त समाज तदर्थ समिति संयोजक कुन्दन थापा अनि तिनका सहयोगी टोलीले धजे क्षेत्रभित्र 14 दिनको क्वारेन्टिनमा बसेर निस्केका तथा क्वारेन्टिनमा बस्दै आएका मानिसहरूको आज निरीक्षण गरे। कुन्दन थापाले राज्य सरकार तथा जीटीएको पहलले बाहिर रहेका मानिसहरूलाई सकुशल घर फर्कन सजिलो भएको दावी गर्दै जीटीए, गोर्खा जनमुक्ति मोर्चा नागरी धजे समष्टि एवं समष्टि कोविड -19 हेल्प डेक्सप्रति आभार प्रकट गरेका छन्। वैश्विक महामारीको रूपमा फैलिएको कोविड -19 को विरूद्ध सबैले एकजुट भएर सुरक्षित रहने अपील गर्दै तिनले सरकारले जारी गरेको नियमलाई सबैले पालन गरिदिने साथै सतर्क रहने आह्वान गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *