धजिया बस्तीबाट 15 परिवार गोरामुमोमा सामेल

दार्जिलिङ: पहाडका विभिन्न ठाउँहरूबाट फेरि विस्तारै गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा सामेल हुने क्रम जारी देखिन्छ। यसै क्रममा पोख्रेबुङ नागरी समष्टिबाट 15 घर परिवार गोरामुमोमा सामेल भएका छन्। प्राप्त जानकारी अनुसार गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको दार्जिलिङको चौरस्ता स्थित कार्यालयमा बसेको साङ्गठनिक सभामा पोख्रेबुङ नागरी समष्टिका प्रतिनिधिहरुको उपस्थितिमा ती 15 परिवारले समर्थन जनाए। नयाँ सदस्यहरुलाई केन्द्रीय सदस्य वाई लामा अनि किशोर गुरुङले खदा लगाएर स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे। यस अवसरमा नयाँ सदस्यहरुलाई सम्बोधन गर्दै अजय एड्वर्डले भने, म आज किन हरियो झण्डामा छु कारण मलाई यो झण्डाले स्वाभिमान दिएको छ । सुबास घिसिङले 21 बर्षसम्म के गर्यो भनी प्रश्न गर्नेहरूले गत 14 सालमा दाज्युहरुले के गर्योम गरेन जनताले मुल्याङ्कन गर्दैछ। 21 बर्षसम्म तपाईं हामीलाई कसैले दबाउनु सक्दैन थियो, कुनै पनि राज्यको होस् अथवा केन्द्रका मन्त्रीहरु पहाड आउँदा सुबास घिसिङको अनुमति बिना आउनु सक्दैन थियो तर आज हेर्नुहोस् अहिलेको नेताहरुले कोलकताको नवन्नामा आफ्नो स्वभिमान बेच्यो। यसकारण म भन्छु हरियो झण्डामा स्वभिमान र सत्य छ, गोर्खाको स्वभिमान छ। हरियो झण्डालाई बिगतको दिनहरुमा धेरै लोभ लालचहरु देखाए तर अध्यक्ष मन घिसिङले तपाईं हाम्रो निम्ति जाति र माटोको निम्ति सबै लोभ लालचमा नपरी जाति र माटोको निम्ति काम गरिरहेको तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *