धान बोकेको पिकअप भ्यानबाट अधिक मात्रामा साल काठ उद्धार, 1 जना पक्राउ

सिलगढी (निसं): बैकुण्ठपुर डिभिजनको डाबग्राम रेञ्जले ईस्टर्न बाईपासमा धान बोकेको पिकअप भ्यानबाट अधिक मात्रामा सालको काठ जफत गर्नको साथै चालकलाई पनि पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका चालकको नाम  वन विभागले जाँचको उद्देश्यले गोपनीय राखेको बताइएको छ। डाबग्राम रेञ्जका रेञ्जर श्यामा प्रसाद चकलादारले बताएअनुसार गोप्य सूचनाको आधारमा ईस्टर्न बाईपास संलग्न ढाकेश्वरी मन्दिर नजिक धान बोकेको एउटा पिकअप भ्यानलाई सन्देहको आधारमा रोकेर छानबीन गर्दा अधिक मात्रामा सालको काठ उद्धार भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *