धनतला बजारमा आगलागी हुँदा 8 वटा दोकान जलेर भष्म

जलपाईगढी :  माल महकुमा अन्तर्गत पर्ने क्रान्ति ब्लकको धनतला बजारमा भयावह आगलागी हुँदा 8 वटा दोकान जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति 2 बजी स्थानीय मानिसहरूले धुवाँ निस्केको देखेपछि बाहिर निस्केर हेर्दा एकपछि अर्को गर्दै दोकानहरूबाट आगो निस्केको देखेपछि घटनाबारे क्रान्ति आउटपोस्ट पुलिस र अग्निशमन विभागलाई खबर दिए। घटनाको खबर पाएर मैनागढीबाट दमकलको दुईवटा इञ्जिन र मालबजारबाट एउटा इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो तथापि, आगलागीमा 8 वटा दोकान जलेर खरानी भएको छ। के-कारणले गर्दा उक्त आगलागी भएको भन्नेबारे थाहा नलागे तापनि सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने प्राथमिक अनुमान लगाइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *