धनतेरसको रौनकता सुके पोख्रेबुङ क्षेत्रमा सामान्य

सुकेपोखरी: सुके पोख्रेबुङ क्षेत्रमा धनतेरसको रौनक आज गत वर्षहरूमा भन्दा सामन्य देखियो । धेरै समयसम्म यस क्षेत्रमा पनि कोविड -19 को प्रभाव देखा परेपछि सामान्य बन्दै गएको अवस्थाबीच सुके तथा पोख्रेबुङ बजारका कतिपय दोकानहरूमा काँस र ताँबाको भाड़ा-वर्तन बेच्न राखिएको थियो। यसको साथै कतिपय दोकानहरूमा तिहारको लागि सजावटका सामान अनि टाइमिङ लाइटहरू बिक्रीमा राखिएको छ। स्थानीय मानिसहरू आज धनतेरसको अवसरमा गर-गहनाहरूसँगै अन्य कतिपय सर-सामानहरू दोकानमा किनमेल गर्न व्यस्त रहेको देखियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *