धरनामा बसेका मन्सोङका सिन्कोना कर्मचारीहरूसँग भेटे विधायक रूदेन लेप्चाले

मन्सोङ: सिन्कोना बगानका डी ग्रुप कर्मचारीहरूको पदोन्नति तथा अन्य विभिन्न मागहरूलाई लिएर मन्सोङस्थित बगानको मर्निङ हेड अफिस परिसरमा कर्मचारीहरूले धरना गरिरहेका छन्। आज यस विषयलाई लिएर कालेबुङका विधायक रुदेन सादा लेप्चा धरनामा रहेका सिन्कोना बगानका कर्मचारीहरूसँग भेट गर्न सभास्थलमा आइपुगे। यस अवधि कर्मचारीहरूले आफ्नो मागबारे विधायक रूदेन लेप्चालाई अवगत गराउँदै कालेबुङ तथा दार्जिलिङ जिल्ला अन्तर्गत पर्ने सम्पूर्ण सिन्कोना बगानहरूमा कर्मचारीहरूले आफ्नो माग राख्दै धरनामा उत्रिएको जानकारी गराए। धरनामा रहेका कर्मचारीहरूको समस्या तथा मागलाई बुझेपछि विधायक लेप्चाले आफूले आफ्नो पक्षबाट हुनसक्ने कार्य गर्ने साथै सम्बन्धित विभाग समक्ष यस विषयलाई उठान गर्ने तिनले वचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *