धारिलो हतियारले प्रहार गरेर गृहिणीको हत्या गरेको आरोपमा लोग्ने र सासु पक्राउ

अलिपुरद्वार : धारिलो हतियारले प्रहार गरेर गृहिणीको हत्या गरेको आरोपमा लोग्ने र सासुलाई पक्राउ गरेको छ। उक्त घटना अलिपुरद्वार नगरपालिकाको 4 नम्बर वार्डमा घटेको हो। मृतक महिला फेनाली विश्वासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति एउटी गृहिणीलाई धारिलो हतियारले प्रहार गरेर हत्या गरेको पुलिसले खबर पाए। घटनाको खबर पाएर पुलिस अलिपुरद्वार नगरपालिकाको 4 नम्बर वार्डको राधामाधव मन्दिर संलग्न इलाकाको एउटा घरमा पुगेर क्षत-विक्षत अवस्थामा महिलाको शव उद्धार गरेपछि अलिपुरद्वार जिल्ला अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले महिलालाई मृत घोषित गरिदिए। पुलिसले सन्देहको आधारमा लोग्ने र सासुलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *