धारिलो हतियारले स्वास्नीमाथि हमला, आरोपी लोग्ने पक्राउ

कालचिनी (निसं): लोग्नेले धारिलो हतियारले स्वास्नीलाई प्राणघातक हमला गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनामा स्वास्नी गम्भीर रूपले घाइते भएको छ। यो घटना कालचिनी ब्लक अन्तर्गत निमती दोमहनी इलाकामा भएको हो। प्राप्त जानकारी अनुसार सजनी बर्मनले मंगलवार राति पारिवारिक झगडाले गर्दा आफ्नो स्वास्नी फुरफरी बर्मनको खुट्टामा धारिलो हतियारले आक्रमण गर्दा तिनी गम्भीर रूपमा घाइते भएका छन्। यसपछि गम्भीर घाइते अवस्थामा फुरफरी बर्मनलाई लताबाड़ी ग्रामीण अस्पतालमा लगियो भने त्यहाँबाट तिनलाई अलीपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदिएको छ। अर्कोतिर, कालचिनी पुलिसले आरोपी लोग्नेलाई पक्राउ गरेर अलीपुरद्वार जिल्ला अदालतमा पेश गरेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *