धारिलो हतियारसहित दुईजना डकैत पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले अभियान चलाएर धारिलो हात-हतियार तथा एउटा वाहनसहित दुईजना डकैतलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार फुलबारीको जियागञ्जस्थित पेट्रोल पम्प परिसरमा शनिबार बेलुकी केही व्यक्तिहरू घुमफिर गरिरहेको देखेपछि पेट्रोल पम्पका कर्मीहरूलाई सन्देह लागेर यसबारे एनजेपी थाना पुलिसलाई खबर दिए।


सादा पोशाक लगाएर घटनास्थलमा आइपुगेको पुलिसलाई देखेर तिनीहरू भाग्ने प्रयास गरे तापनि धारिलो हात-हतियार तथा वाहनसहित ती दुई डकैतलाई पुलिसले पक्राउ गरे। तथापि, पुलिस आएको देखेर अन्य लगभग 10 जना डकैतहरू घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पक्रा पर्ने ती दुई डकैतलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *