धारिलो हतियार सहित 8 जना दुष्कृति पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले धारिलो हतियार सहित 8 जना दुष्कृतिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा बिहार निवासी सुमन साह, हृदय साह, रामकुमार साह, दीपक साह, मुन्ना मण्डल, जितेन्द्र साह र एनजेपीको शान्तिपाडा निवासी बाप्पा मल्लिक र मनु राय सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति एनजेपी थाना पुलिसले यहाँको नेताजी मोडबाट धारिलो हतियार सहित 8 जना दुष्कृतिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका 8 जना दुष्कृतिहरू एनजेपीको नेताजी मोड इलाकाको कुनै दोकानमा डकैती गर्ने उद्देश्यले भेला भएका थिए। खबर पाएर पुलिसले उक्त इलाकामा अभियान चलाएर 8 जना दुष्कृतिलाई पक्राउ गरेको हो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *