धरनीपुर चियाकमानमा हात्तीको हमलामा राशन दोकान क्षतिग्रस्त

नगरकट्टाः नगरकट्टा ब्लकको बन्द धरनीपुर चियाकमानमा हात्तीले ताण्डव मच्चाएर सरकारी राशन दोकान भत्काइदिएको छ। प्राप्त जानकारीअनुसार गत राति एउटा जङ्गली हात्ती आहारको खोजीमा डायना जङ्गलबाट निस्केर बन्द धरनीपुर चियाकमान पसी उत्पात मच्चाउँदै राशन दोकान क्षतिग्रस्त पारिदिएको बताइएको छ। यसभन्दा अघि पनि हात्तीले दुईपल्ट उक्त राशन दोकानमा राखेको चामल, गहुँ, आटा खाइदिनको साथै नष्ट गरिदिएको थियो। उक्त क्षेत्रमा हात्तीको बढ्दो हमलाले गर्दा राशन डीलरलगायत स्थानीय चियाश्रमिकहरू आतङ्कित बन्न पुगेका छन्। उक्त राशन दोकानमा धेरैपल्ट हात्तीले उत्पात मच्चाएर राशन सामग्री खाइदिनको साथै नष्ट गरिदिएको बारे वन विभाग एवम् प्रशासनको तर्फबाट कुनै प्रकारको सहयोग नपाएको राशन डीलर डभ संकल्प ग्रुप-ले आरोप लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *