धावक 57 वर्षीय कृष्ण तामाङलाई मिरिकमा स्वागत

मिरिक : मिरिक महेन्द्र गाउँका 57 वर्षीय कृष्ण तामाङले दार्जिलिङ हिल म्याराथनको 10 किमी दौडमा चौथो स्थान ओगटेर मिरिकको नाम उच्च पारेका छन्। तिनको उपलब्धिलाई सराहना गर्दै मिरिकका विभिन्न सामाजिक संघ-संगठनहरूले तिनलाई स्वागत जनायो। सामाजिक कार्यकर्ता तथा शिक्षक दीपराज राईको नेतृत्वमा महेन्द्र गाउँ लगायत मिरिकका विभिन्न स्पोर्टस् एशोसिएसनहरू लगायत विद्युत विभाग, सूचना अनि संस्कृति विभाग मिरिक, साधना कला केन्द्र, हिमालयन जीम मिरिक र विभिन्न समाजका युवाहरूले तिनलाई स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *