धावक कृष्ण तामाङलाई मिरिक स्पोर्टस् एशोसिएसनद्वारा आजीवन सदस्यता

मिरिक : मिरिक स्पोर्ट्स एसोसिएशनले मिरिकका गौरव म्याराथन धावक 57 वर्षीय कृष्ण तामाङलाई तिनकै वासस्थानमा गएर बधाई अनि सम्मान जनायो। तिनको यस उपलब्धिको सम्मान गर्दै मिरिक स्पोर्ट्स एसोसिएशनको तर्फबाट जीवन कालिन सदस्यताले सम्मानित गरिने सचिव केसाङ लामा अनि कोषाध्यक्ष ऋषि योन्जनले संयुक्त रूपमा घोषणा गरेका छन्। स्मरण रहोस्, गत 22 नोभेम्बरको दिन दार्जिलिङको चौरस्तामा आयोजित दार्जिलिङ हिल पुलिस म्याराथनको 10 किलोमिटरको दौडमा मिरिकका 57 वर्षीय कृष्ण तामाङले चौथो स्थान हासिल गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *